Rule 8
जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गर्ने
(१) नेपाल सरकारबाट नियम ६ बमोजिम जग्गा उपलब्ध गराउने निर्णय भएपछि कल्याणकारी अधिकृतले सम्बन्धित मुक्त कमैयालाई जग्गाधनी दर्ता प्रमाण पूर्जा उपलब्ध गराउनेछ ।
(२) उपनियम (१) बमोजिमको जग्गाधनी दर्ता प्रमाण पूर्जामा त्यस्तो जग्गा कुनै व्यहोराले धितो बन्धक राख्न वा हक हस्तान्तरण गर्न नपाइने कुरा समेत उल्लेख गरिनेछ ।